काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ८३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ५३० जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार २७ पुगेको छ ।
आज कोरोनाबाट थप व्यक्तिको मृत्यु नभएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ हजार २८२ रहेको छ ।








