हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । पौडेल बागमती प्रदेशको संसदीय दलको नेता हुन् । बागमती प्रदेशमा एमालेको एकल बहुमत छ ।
चैत १८ गतेका लागि बोलाइएको बैठकबाट आफूविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन एमाले सांसदहरूलाई निर्देशन दिने उनको तयारी रहेको बुझिएको छ । एमाले ब्युँतिसकेपछि अविश्वासको प्रस्ताव फिर्ता लिन नेपालपक्षीय सांसदहरूमाथि दबाब छ ।
सर्वोच्चको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिनुअघि तत्कालीन नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।








