फाइल फोटो
सिरहा । सिरहामा दुर्घटना भएको ठाउँमा कटुवा पेस्तोल र दुई राउण्ड गोली फेला परेको छ । सिराहा प्रहरीले गएराति भएको सवारी दुर्घटनामा गम्भीर घाइतेको साथबाट गोली बरामद गर्नुका साथै दुर्घटनास्थलबाट कटुवा पेस्तोल बरामद गरेको छ।
सिराहाको गोलबजार नगरपालिका-७ पुरानो चोहर्बा पुर्व पश्चिम राजमार्ग अन्तर्गत उक्त स्थानमा ना ३ ख ४७७४ नम्बरको ट्रकले प्रदेश नम्बर २-०१-००२ प ५४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कर्जन्हा नगरपालिका-४ बस्ने २६ वर्षीय मुकेश दास गम्भीर घाइते भएका थिए ।
प्रहरीले दासको गोजीबाट एक थान गोली बरामद गरेको थियो। सोही क्रममा शंकालागि घटनास्थलमा सर्च गर्दा कटुवा पेस्तोल र गोली बरामद गरेको सिराहा प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार एकजना फरार रहेको र खोजी कार्य भइरहेको जनाइएको छ।








