बझाङ । छात्रालाई बलात्कार गर्न खोजेको अभियोगमा शिक्षक पक्राउ परेका छन। आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा बझाङको जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह पक्राउ परेका छन ।
सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाउँकै १४ वर्षीया बालिकालाई जर्बजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले पक्राउ गरेको हो ।
आरोपित छात्राको परिवारले प्रहरी कार्यालयमा उजुरी दिएपछि पक्राउ गरिएको बझाङ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए। शिक्षकमाथि आवश्यक अनुसन्धान भईरहेको जनाइएको छ।








