काठमाडौँ । फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोट खेलमा इंग्ल्यान्डले लगातार तेस्रो जित दर्ता गरेको छ ।
गएराति भएको खेलमा इंग्ल्यान्डले पोल्याण्डलाई २-१ले पराजित गरेको हो । १९औं मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । ५८औं मिनेटमा जाकुव मोडेरले गोल गर्दै पोल्याण्डलाई खेलमा फर्काए ।
तर, ८५औं मिनेटमा ह्यारी मगाएरले गोल गर्दै इंग्ल्यान्डलाई २-१ को जित दिलाए । समूहको आर्ईको शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले ३ खेलमा ९ अंक जोडेको छ । पराजित पोल्याण्ड ४ अंक जोडेर चौंथो स्थानमा छ । समूहकै अर्को खेलमा हंगेरीले एन्डोरालाई ४-१ ले तथा अल्वानियाले सानमारिनोलाई २-० ले पराजित गरेको छ ।
यस्तै, समूहको बीको स्पेनले कोसोभोलाई ३-१ पराजित गरेको छ । स्पेनले ३ खेलमा ७ अंक जोडेको छ । समूहको अर्को खेलमा ग्रीस र जर्जियाले १-१को बराबरी खेलेका छन् ।








