हेटौंडा । मकवानपुरको बामगती गाउँपालिकामा जारी चौथो बागमती गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । विहीबार भएको खेलमा ए डिभिजन क्लव थ्रीस्टार सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको हो ।
बागमति गाउँपालिकास्थित जनता माविको खेल मैदानमा विहीबारको खेलमा सशस्त्र प्रहरीको ए डिभिजन क्लव थ्रीस्टारले एपीएफ क्लवलाई २–० गोल अन्तरले हराएको छ । थ्रीस्टारको जितका लागी दिपेश घलेले दुई गोल गरे । उनले खेलको ४० औं र ४२ मिनेटमा गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरी खेलेको एपीएफले दोस्रो हाफमा सम्हालिन नसक्दा हार व्यहोर्नुपरेको हो ।
आजबाट सुरु हुने सेमीफाइनलको पहिलो सेमीफाइनलमा साविक विजेता जावलाखेल यूथ क्लवले अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनसंग खेल्नेछ । यस्तै थ्रीस्टारले शनिबार बामगती यूथ क्लव सर्लाहीसंग फाइनल प्रवेशका लागी भिडन्त गर्नेछ ।
प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ ।








