काठमाडौँ । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड पराजित भएको छ । गएराति भएको खेलमा एट्लेटिको सेभियासँग १–० ले स्तब्ध बनेको हो । सेभियाको जितमा मार्कोस एकुन्नाले एकमात्र निर्णायक गोल गरे ।
सेभियाको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । घरेलु टोलीले खेलको आठौं मिनेटमा पेनाल्टीको अवसर पाएपनि लुकास ओकम्पासले गाल गर्न सकेनन् । त्यसपछि ७०औं मिनेटमा जेसस नाभासको क्रस पासमा मार्कोसले गोल गर्दै सेभियालाई जिताए । पराजित भएसँगै एट्लेटिकोले शीर्षस्थानको अग्रता कायम गर्न सकेन ।
एट्लेटिकोको २९ खेलबाट ६६ अंक छ । दोस्रो स्थानमा रियल म्याड्रिडको ६३ अंक रहेको छ भने तेस्रो स्थानमा रहेको बार्सिलोनाको ६२ अंछ । चौथो स्थानमा रहेको सेभियाको भने ५८ अंक छ ।








