पर्सा । प्रहरीले पर्साबाट १० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । मकवानपुरबाट वीरगञ्ज गइरहेका तीन जनालाई प्रहरीले आइतबार अपराह्न गाँजासहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका-७ का जयबहादुर गोले, सोही ठाउँकी विष्णुमाया तामाङ र मनहरि गाउँपालिका मुइया परियार छन् ।
वीरगञ्ज-२१ परवानीपुरबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पक्राउ परेकालाई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।








