काठमाडौं । कर्णाली प्रदेशमा नेकपा एमालेका तीन जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् । राजीनामा दिने मन्त्रीहरुमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् ।
तिनै जनाले आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका हुन् । पार्टीको संसदीय दलले दिएको निर्देशन पालना गर्दै उनीहरुले राजीनामा दिएको बताएका छन् ।
राजीनामा दिनुभन्दा अघि एकपटक मन्त्रिपरिषद बैठक राख्न मुख्यमन्त्री शाहीले आग्रह गरेपनि उनीहरुले राजीनामा दिएको बताएका छन् ।








