काठमाडौैं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगको खेलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी विजयी भएका छन् । मंगलबार राती भएको खेलमा म्याड्रिड र सिटी विजयी भएका हुन् । म्याड्रिडले लिभरपुललाई ३–१ गोलले हराएको हो ।
रियललाई जिताउन भिन्सियस जुनियरले दुई तथा मार्को असिन्सियोले एक गोल गरे । लिभरपुलका मोहम्मद सलाहले एक गोल गरे । यस्तै सिटीले बोरुसिया डर्टमन्डलाई २–१ गोलले हरायो । सिटीलाई जिताउन केभिन डी ब्रुएनी र फिल फोडेनले गोल गरे । डर्टमन्डका लागि मार्को रिउसले गोल गरे । दुवै टिमले जितसँगै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएका छन् ।








