धनगढी । नेकपा माओवादी केन्द्रले एमालेतिर लागेका सुदूरपश्चिम प्रदेश सभाका सदस्य झपटबहादुर बोहोरालाई स्पष्टीकरण सोधेको छ ।
अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट माओवादीका तर्फबाट निर्वाचित बोहोरालाई माओवादीले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ को उपदफा १ र २ बमोजिम कार्य गर्नुभएको तथा उक्त ऐनको दफा ३२ को उपदफा १ (ख) बमोजिमको कार्यसमेत गरेको बुझिन आएकोले तपाईंले पार्टी परित्याग गर्नुभएको हो भने तपाईंलाई किन पार्टी सदस्यबाट निष्काशन नगर्ने ?’ पत्रमा भनिएको छ ।









