भारतमा थप एक लाख ३१ हजार ८ सय ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या भारतमा अहिलेसम्मकै धेरै हो ।
यसअघि बिहीबार मात्रै भारतमा दोस्रो धेरै एक लाख २६ हजार ३ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै त्यहाँ सङ्क्रमितको सङ्ख्या एक करोड ३० लाख ७५ हजार ९ सय ५४ पुगेको छ ।हालसम्म भारतमा १ करोड १९ लाख १० हजार ७ सय ४१ जना सङ्क्रमणमुक्त भएका छन् ।
हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ५ सय १९ छ । यस्तै भारतमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या १ लाख ६७ हजार ६ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८ सय २ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।








