चितवन । मुग्लिन-नारायणगढ खण्डको जलविरेमा आज बिहान १०:२० बजे गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएर अहिले १२:१५ बजेबाट राजमार्ग दुईतर्फि रुपमा संचालनमा ल्याईएको छ । पहिरोका कारण राजमार्ग अवरुद्ध हुदा लकडाउनका बेला चलेका अत्यावश्यक सवारी साधनहरु राजमार्गमा नै अलपत्र परेका थिए।








