काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भेरी अस्पताल, नेपालगञ्जमाको प्रयोगशालामा गरिएको परिक्षणमा ७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्त डा. समिरकुमार अधिकारीले जानकारी दिए । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाको कुल संक्रमित ८२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । ७ जनामा नेपालगञ्जका २२, ३० ,४० वर्षीय पुरुष र ०९, ३२, ३४,५५ वर्षीया महिलामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्त डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।








