काठमाडौं । गीतकार दीपक बस्नेतको नया गीत बजारमा आएको छ। मेहफिल शिर्षकमा रहेको गीतमा गजलकार तथा गायक जगदिश समालले स्वर दिएका छन्।
अमित पल र रिया क्षेत्रीको रोमान्टिक र जीवन्त अभिनय रहेको गितको भिडियोमा प्रियजन राइको निर्देशन रहेको छ भने गितमा दीपक बस्नेतले संगीत भरेका छन्। गीतको म्यूजिक भिडयोको छायांकन रोबिन दोङले गरेका छन्।
कोरियोग्राफी दिपक गुरुङको रहेको छ। गीतले महिलामाथि हुने यौनहिंसा बिरुद्धको सन्देश प्रवाह गरेको छ। शक्तिको आँडमा जोसुकैले नारीमाथि गरेको ज्यादती सह्य नहुने सन्देश दिन खोजेको छ।








