वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले कक्षा १ देखि ५ सम्मको पठनपाठन बन्द गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले आइतबार विज्ञप्ति जारी गर्दै वैशाख ६ गतेदेखि कक्षा १ देखि ५ सम्मका सम्पूर्ण पठनपाठन बन्द गर्न निर्देशन दिएको हो ।
वीरगञ्जमा कोरोना भाइरस संक्रमण व्यापक रुपमा फैलिएपछि महानगरले यस्तो निर्णय लिएको हो । महानगरले महानगरक्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुलाई विद्यार्थीको आन्तरिक मूल्यांकनबाट कक्षावृद्धि गर्ने व्यवस्था मिलाउन निर्देशन दिदै पठनपाठन बन्द गरेको छ ।









