स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले फराकिलो जित निकालेको छ । एट्लेटिकोले इबरमाथि शानदार जित निकालेको हो ।
गएराति भएको खेलमा एट्लेटिकोले इबरलाई ५–० गोल अन्तरले पराजित गर्यो । घरेलु मैदानमा एन्जल कोर्रेयाले ४२औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
एट्लेटिकोका लागि खेलको ४४औँ मिनेटमा कोर्रेयाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २–० को बनाए । ४९औँ मिनेटमा यान्निक कारास्कोले गोल गर्दा टिमको अग्रता तेब्बर बन्यो ।
खेलको ५३औँ मिनेटमा मार्कुस लोरेन्टले तथा खेलको ६८औँ मिनेटमा मार्कुसले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ५–० को जित दिलाए । जितसँगै एट्लेटिकोले ३१ खेलमा ७० अंक जोडेको छ । इबर २३ अंक जोडेर पुछारमा रहेको छ ।








