काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा लिभरपुल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लिभरपुलले लिड्स युनाईटेडसँग १-१को बराबरी खेल्दै अंक बाँडेको हो । खेलको ३१औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर अर्नोल्डको पासमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
तर, ८७औं मिनेटमा डिएगो लोरेन्टेले गोल गर्दै लिड्सलाई हारबाट जोगाए । बराबरीसँगै लिभरपुलले शीर्षचारमा उक्लने मौका गुमाएको छ । लिभरपुल ३२ खेलबाट ५३ अंकसहित छैटौ स्थानमा यथावत छ । लिड्स ४६ अंक जोडेर १०औं स्थानमा छ ।








