काठमाडौं । माधव कुमार नेपाल तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट स्थायी कमिटी सदस्यहरूले बैठक २५ गतेको हुने पार्टीको स्थायी कमिटीको बैठकमा ‘एक व्यक्ति एक पद’को माग गर्ने निर्णय गरेका छन्।
मंगलबार पाटनमा बसेको भेलाले यस्तो निर्णय गरेको प्रचण्ड निकट स्थायी कमिटी सदस्य गणेश साहले बताए।
सो भेलामा नेपाल-प्रचण्ड समूहका सबैजसो सदस्य सहभागी भएको उनले बताए । आफूहरूले लेखेको पत्रका आधारमा दुई अध्यक्षले बैठक बोलाएकाले बैठकमा आफ्नो धारणा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा छलफल गर्न भेला भएको उनले जानकारी दिए।
‘दुई अध्यक्षले हामी २० जना सदस्यले लेखेको पत्रका आधारमा बैठक बोलाउनु भएको हो। त्यसैले हामीले सचिवालयले पेस गर्ने प्रतिवेदनमा कसरी प्रस्तुत हुने भन्नका लागि छलफल गरेका हौं’, साहले भने, ‘हामीले बैठकमा एक व्यक्ति एक पदको माग गर्ने भएका छौं।’उनले सो बैठकमा प्रधानमन्त्रीको राजिनामासम्म माग्ने विषयमा छलफल भएको जानकारी दिएका छन्।








