चितवन । चितवनमा एकै दिन मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई जना नेता पक्राउ परेका छन् ।केन्द्रीय सदस्य तथा साहित्यका अनिल शर्मा ‘बिरही’लाई चितवन मेडिकल कलेजबाट प्रहरीले पक्राउ गरेसंगै साँझ नै चितवन जिल्ला सचिव विजय शर्मा नामले परिचित दुर्गा सुवेदीलाई समेत पक्राउ गरेको हो । सुवेदीलाई घरमा खाना खान पुगेको बेला शादा पोषाकमा गएका प्रहरीले पक्राउ गरेको चितवन प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो ।








