रौतहट । चट्याङ लागेर आफन्तको विवाहमा आएका एकजनाको रौतहटमा मृत्यु भएको छ । मृत्यु हुनेमा गुजरा नगरपालिका ७ पल्टुवा घर भई वृन्दावन नगरपालिका १ विश्रामपुर बस्ने ४० बषीय लक्ष्मण महरा रहेका छन् ।
आफन्तको विवाहमा सहभागी हुन गुजरा नगरपालिका ८ जैयराजपुर गएका उनको विहान शौचाका लागी खेतमा गएको समयमा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।








