अछाम । अछाममा एक कोरोना संक्रमित पुरुषको विहिबार मृत्यु भएको छ । साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना संक्रमणबाट मृत्यु भएको हो ।
भारतबाट घर फर्किएका उनको जिल्ला अस्पताल मंगलसेनमा उपचारका क्रममा मृत्यु भएको सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जानकारी दिएको छ ।
ज्वरो तथा रुघाखोकी लागेपछि बुधबार उनलाई बयलपाटा अस्पतालमा भर्ना गरिएकोमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई जिल्ला अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार भईरहेकोमा बिहान मृत्यु भएको जनाईएको छ ।








