• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति सङ्कटापन्न दुर्लभ खरमयुरको गणना शुरु

  •   शनिबार, बैशाख ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति सङ्कटापन्न दुर्लभ खरमयुरको गणना शुरु गरिएको छ । खरमयुरको अवस्था, सङ्ख्या, बासस्थानसँगै आहाराको पर्याप्तताबारे अध्ययन र अनुगमनको कार्य अगाडि बढाइएको हो ।

    निकुञ्जका कर्मचारी, चरा विशेषज्ञसहितको पाँच जनाको टोली खरमयुरको अवस्था पत्ता लगाउनका लागि खटिएको छ । “हेडकाउन्टका आधारमा गणनाको कार्य भइरहेको छ”, निकुञ्ज कार्यालयका सहायक सरक्षण अधिकृत रविन चौधरीले भने, “निकुञ्ज क्षेत्रभित्र विभिन्न प्वाइन्ट र पोष्टमा गणनाको कार्य भइरहेको छ ।” तीन दिन अघिदेखि थालिएको गणना तथा अनुगमनको कार्य एक साताभित्रै सम्पन्न हुने उनले बताए ।

    खरमयुरको बास स्थानका रुपमा रहेको घाँसे मैदान र खरका फाँटमा बर्सेनि लाग्ने डढेलोले समस्या निम्त्याउँदै आएको छ । उक्त मयुरको अधिक सङ्ख्या रहेको निकुञ्जका रुपमा यसलाई लिइने गरिन्छ । पोथी र अर्धवयस्क खरमयुर खैरो र कैलो हुने गर्दछ । यसको लम्बाइ ६६ सेन्टिमिटरसम्म हुने गर्दछ ।

    प्रायः घाँसे मैदानमा पाइने लामा खुट्टा, मजबुद शारीरिक बनावट, लामो घाँटी र टाउकोमा कल्कीजस्तो देखिने यसका पोथी र बच्चा खैरा हुन्छन् । प्रजनन समयमा बयस्क भाले प्रायः कालो देखिन्छ । पखेटा भने सेता हुन्छन् । यसलाई अङ्ग्रजीमा बेङगाल फ्लोरिक्यान भनिन्छ । संरक्षणका हिसाबले यो अति सङ्कटापन्न अवस्थामा रहेको छ ।

    अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई अति सङ्कतापन्न (रातो) सूचीमा सूचीकृत गरेको छ । नेपाल सरकारले यसलाई संरक्षित पंक्षीको सूचीमा राखेको छ । सन् २०१४ मा गरिएको राष्ट्रिय चरा गणनामा यसको सङ्ख्या नेपालमा ४१ वटा रहेको पाइएको थियो । जसमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नौवटा फेला परेका थिए ।

    एक सर्भेक्षणका अनुसार नेपालमा चराको प्रजाति ८७१ रहेकोमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै त्यसको आधा ४५० प्रजाति पाइने गरेका छन् । खरमयुरसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सारस, सिम तित्रा र विश्वकै दुर्लभ मानिएको लेसर भुडिफोर चरासमेत पाइन्छ । नेपालका संरक्षित क्षेत्रमध्ये सबैभन्दा ठूलो घाँसे मैदान यस निकुञ्जमा रहेको छ ।

    विश्वकै सबैभन्दा ठूलो झुण्डका रुपमा बाह्रसिङ्गा निकुञ्जमा सहजै अवलोकन गर्न सकिन्छ । सानो क्षेत्रफलमा पाटेबाघको धेरै घनत्व भएको क्षेत्रका रुपमा समेत निकुञ्ज परिचित रहेको छ । निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । रासस

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.