काठमाडौं । एन्टोनी ग्रिजम्यान चम्किएपछि स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा बार्सिलोनाले भिल्ला रियल विरुद्ध पुनरागमन जित निकालेको छ । आईतबार भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई २–१ ले हराएको हो ।
ग्रिजम्यान चम्किदै दुई गोल गरेपछि बार्सिलोनाले घरेलु टोलीविरुद्ध पुनरागमन जित निकाल्यो । खेलको २६ औं मिनेटमा स्यामुएल चुकउन्जेको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । त्यसको दुई मिनेटमै बार्सिलोनाले ग्रिजम्यानको गोलबाट खेल बराबरीमा ल्याएको थियो ।
खेलको ३५ औं मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना २–१ ले विजयी बन्यो । बार्सिलोनाले जितसंगै दोस्रो स्थानको रियल मड्रिडसंग अंक बराबरी गरेको छ । दुवै टिमले ७१ अंक भएको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ७३ अंक छ । भिल्ला रियल ४९ अंक सहित सातौं स्थानमा छ ।








