• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गण्डकीमा अविश्वास प्रस्ताव ल्याएका दलहरुले सांसदलाई रिसोर्टमा राखे

  •   मङ्गलबार, बैशाख १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याएका दलहरुले आफ्ना सांसदलाई रिसोर्टमा लगेर राखेका छन् । अविश्वास प्रस्तावमा मतदान हुने मिति नजिकिएसँगै विपक्षी गठबन्धनले आफ्ना सांसदहरुलाई रिसोर्टमा राखेको हो ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालले आफ्ना सांसदहरुलाई मंगलबारदेखि रिसोर्टमा राखेका हुन् । केही दिनअघि लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेकै चार सांसदलाई मुख्यमन्त्री शंकर पोखरेलले सरकारमा सहभागी गराएपछि झस्किएका दलहरु गण्डकी प्रदेशमा पनि त्यस्तो अवस्था नदोहोरियोस् भनेर आफ्ना सांसदलाई रिसोर्टमा लगेर राखेका हुन् ।

    यद्यपि, गण्डकी प्रदेशसभा सदस्य दिपक कोइरालाले सबै एकै ठाउँमा बसौं भन्ने लागेर सांसदहरु रिसोर्टमा बसेको बताए । ‘आन्तरिक छफफलका लागि सबै सँगै बसौं भन्ने लागेर एकै ठाउँमा बसेको हो,’ उनले भने, ‘प्रदेशसभामा प्रचुर बहुमत पुर्याउनेबारे आन्तरिक छलफल गर्न एकै ठाउँमा बसिएको हो ।’ काँग्रेस र माओवादी केन्द्रका सांसदहरु लेकसाइडस्थित कुटी रिसोर्टमा एकैठाउँ बसेका छन् भने जसपा नेपालकाका सांसद छुट्टै बसेका छन् ।

    माओवादी केन्द्रका प्रदेशसभा सदस्य कोइरालाले अविश्वास प्रस्ताव अत्यधिक मतले पारित हुने दावी गरे । मुख्यमन्त्री गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा ४ पार्टीले एकढिक्का भएर मतदान गर्ने उनको भनाइ छ । उनले अविश्वासको प्रस्तावको पक्षमा ३२÷३३ मत पुग्ने दावीसमेत गरे । गण्डकी प्रदेशसभामा ६० जना सांसद छन् । त्यसमध्ये मुख्यमन्त्री गुरुङको दल नेकपा एमालेका २७ सांसद छन् । मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित दिपक मनाङेले पछिल्लो क्रममा आफू स्वतन्त्र सांसद भएको बताउँदै आएका छन् ।

    माओवादी केन्द्रका १२, काँग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ सांसद छन् । मुख्यमन्त्री गुरुङलाई सरकार जोगाउनका लागि कम्तीमा ३१ मत आवश्यक पर्छ । यता संसदमा अविश्वास प्रस्ताव पारित गर्न पनि चार पार्टीले कम्तीमा ३१ मत पु¥याउनुपर्ने हुन्छ । यसकालागि काँग्रसका १५,जनता समाजवादी पार्टी २, राष्ट्रिय जनमोर्चा ३ र माओवादी १२ गरी कुल ३२ मत हुन्छ ।

    त्यसमध्ये माओवादीका नेत्रनाथ अधिकारी सभामुख भएकाले उनले मतदान गर्न पाउने छै्रनन् । त्यसैले अहिलेको अवस्थामा विपक्षी गठबन्धनसँग ३१ मत प्रस्ट देखिन्छ । (रातोपाटीबाट)

    गण्डकी प्रदेशमा काँग्रेसका सांसद कुँवरले दिए राजीनामा
    महावीर पुनको पोखराका मेयरलाई जवाफ- प्राथमिकता कता हो !
    तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.