• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

दागबत्ती , लघुकथा

  •   शुक्रबार, बैशाख २६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    राजन त्यो टोलकै धनाढ्य।छोराछोरी सबै युरोप लाखौं कमाउँथे ।बुढालाई अलि घमन्ड पनि थियो धनको । सधैं बिहान चियापसलमा जाने उनको बानी नै थियो । चियापसलमा छोराछोरी बिदेश नपठाएको भनेर भाइ भतिजालाई पनि गाली गर्थे ।आफ्ना छिमेकीहरुलाई पनि नेपालमा राखेर छोराछोरी बिगार्ने काम गर्‍योेे भन्दै नेपालमा के भबिस्य छ यिनको ?भन्दै कराउँथे ।आफ्ना छोराछोरी नेपालमै हुनेहरु हत्तपत्त उनलाई भेट्न डराउँथे । बिस्तारै चिया पसलमा मान्छे कम हुँदै जान थाले ।बिदेश छोराछोरी नपठाएकाहरु चिया पसलमा जम्मा हुनै छाडे ।उनीहरुलाई हिनताबोध हुन थाल्यो । बाआमाले छोराछोरीलाई हुतिहाराहरु भनेर कराउन पनि सुरु गरे।फलानाका छोराछोरीहरु लाखौं कमाउँछन हाम्राचाहिँ यो गति!छोराछोरीलाई पनि लाग्न थाल्यो के हामी बिदेश नगएर गल्ती नै गर्या हो त?घरघरमा तनावको सृजना हुन थाल्यो । सुनसान चियापसलमा आज फेरि भिड जम्मा छ किन होला?मान्छेहरु अचम्मित छन ।यो भिड देखेर सबै दौडेर त्याहाँ जम्मा हुन थाले। गाडी दुर्घटना भएछ राजन बितेछन ।टोलमा नै सन्नाटा छायो किन? कसरी ? बिदेश फोन भयो छोराछोरी बोलाउन, छोराछोरी आउन नपाउने भए । पोस्टमार्टम सकियो ।कतिदिन कुर्ने ? बुढी हस्पिटलमा छिन बेहोस चारदिन भैसक्यो । आफन्तजन अन्योलमै थिए। अब के गर्ने ? कसो गर्ने ?त्यहिबेला हरि आए म गर्छु ठुलो बुवाको क्रियाकर्म भन्दै, जो मास्टर थिए । हिजोसम्म नजिक पर्न डराउने हरिले आज ठुलो बुवाको पाउ समातेर ढोगे,हातले सुमसुम्याए । शवलाई खुब हेरेर्आँसु झार्दै रुँदै भने,” ठूलो बुवा म हजुरको नजिक बस्न माया पाउन सधैं तडपी रहे “। म दशैमा हजुरको हातको टीका लगाउन चाहान्थे तर डर लाग्थ्यो हजुर सामु आउन ,म त बिदेश नजाने छोरो । थोरै कमाए पनि आफ्नै परिवारसङ्ग बस्नु पर्छ भन्ने थोत्रो आदर्श बोकेको गरिब छोरो म ,ठूलो बुवा ! हेर्नुस न हजुर त्यति ठूलो महलमा बस्नुहुन्थ्यो म यो सानो झुपडीमा ! कसरी मैले हजुरलाई आफ्नो ठूलो बुवा भनूँ? बिलौना गर्दै दागबत्ती दियो हरिले । तेह्रदिनको कर्म सिध्याएर उ घर फर्कने तयारी गर्दै थियो ।ठूली आमाले भनिन, “बाबु म पनि तिमीसंगै जान्छु ” हजुर म सङ्ग जाने?”
    हो छोरा, अब मलाई सम्पति होइन माया र साथ चाहिन्छ।बूढीले एकचोटि फर्केर घरलाई हेरिन ,राजनलाई सम्झिन, छोराछोरी र बुहारीलाई सम्झिन अनि पिताको निधनहुँदा पनि आउन नपाउने उनीहरुको विवसतालाई
    सम्झिन अनि आफ्नो छोराछोरी बिदेशहुँदा आफुहरुले देखाएको दम्भ सम्झिन …

    लेखक : भरतपुर १२ ,चितवन ग्रीनल्याण्ड पब्लिक स्कूलकी प्राचार्य 

    शंकर पोखरेलको घरबाट डेराको यात्राको अनुभूती
    व्यक्ति विशेष: डिजिटल नेपालको नेतृत्व गर्ने सपना बोकेका केशव नेपाल
    विचार: सूचना प्रविधि, सुशासन र विकास

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.