चितवन । भरतपुर अस्पतालमा वैशाख १७ देखि ओपीडीलगायतका सेवा बन्द हुने भएको छ । अस्पतालले आज (बुधवार) एक सुचना जारी गर्दै वैशाख १७ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि ओपीडी सेवा, इलेक्टिभ सर्जरी, इएचएस सर्जरीलगायतका सेवा हाललाई स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.जगन्नाथ तिवारीको संयोजकत्वमा बसेको बैठकले अस्पतालमा २४ सै घण्टा इमर्जेन्सी सेवा यथावत राख्ने र ज्वरो आएका बिरामीहरुका लागि अस्पतालमा ज्वरो क्लिनिक यथावत रुपमा चालू राख्ने निर्णय गरेको छ ।
पछिल्लो समय दिन प्रतीदिन कोरोना संक्रमितको बिरामी बढ्दै गइरहेको ओपीडीलगायत सेवा बन्द गर्ने निणय गरेको हो ।









