काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख १७ हजार ५३० पुगेको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ हजार ५९७ जनाको परीक्षण गर्दा ४ हजार ८३१ जना र एन्टिजेन विधिबाट ९६३ जनामा परीक्षण गर्दा ९७ जनामा संक्तमण पुष्टि भएको हो ।
गत २४ घण्टामा ८ सय ८८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८० हजार १६७ पुगेको मन्त्रालयले जनाएको छ। आज थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ ।








