बाँके ।जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा तीन दिनदेखि जारी गरेको निषेधाज्ञा शुक्रबारबाट हटेको छ । प्रशासनले वैशाख २३ गतेदेखि २५ गते राति ११ बजेसम्मका लागि तीन दिन निषेधाज्ञा जारी गरेकोमा शुक्रबारदेखि हटेको हो ।
निषेधाज्ञा हटाएसँगै नेपालगञ्जमा केही खुकुलो बनाइने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायद्वारा जारी विज्ञप्तिमा अत्यावश्यक काममा बाहेक कोही पनि व्यक्ति घर बाहिर ननिस्कने तथा सवारी, अनुमति प्राप्त र अत्यावश्यक वस्तु तथा सेवामा प्रयोग हुनेबाहेकका कुनै पनि सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको जनाईएको छ ।
कोरोना संक्रमित क्षेत्रमा निषेधित क्षेत्रको आदेश भने कायमै रहने जनाएको छ । नेपालगञ्जका रानीतलाउ, त्रिभुवनचोक र बिपी चोकमा रहेको सब्जीमण्डी अर्को निर्णय नभएसम्मका लागि बन्द रहने जनाइएको छ भने बजार समय तोकेर खोल्ने जनाईएको छ ।
नेपालगञ्जमा निषेधाज्ञा हट्यो
नेपालगञ्जमा निषेधाज्ञा हट्यो
- अ
- अ
- अ








