चितवन । नयाँ भेरीयन्टसहित फैलिएको कोरोना संक्रमणको दोश्रो लहरसँगै सेनिटाइजरको माग बढेको छ । सेनिटाईजरको प्रयोग बढ्दै गएसँगै यसको फाईदा सँगै बेफाइदा पनि रहेका छन् तर यसप्रति कतिपय जानकार देखिदैनन् । कोभिड मात्र नभएर विभिन्न सरुवा रोगबाट बच्नको समेत मानिसहरुले यसको प्रयोग पहिलेबाट नै गर्ने गरेका थिए ।
छालारोग विशेषज्ञ डा. अचुत पोख्रेलले सेनिटाइजर प्रयोग गर्नु राम्रो वानि भएको भन्दै कस्तो बेला गर्ने र कस्तो बेला नगर्ने भन्नेबारे भने निकै ध्यान पु¥याउनुपर्ने बताउनुभयो । उहाँले विभिन्न रसायन र अल्कोहल प्रयोग गरेर तयार गरिने सेनिटाइजरले कतिपय अवथामा हानि गर्ने बताउनुभयो । उहाँले छाला पहिले देखि नै सुक्खा हुने हुदा यसको बढि प्रयोगले छाला सुक्खा बनाउने, छाला चिलाउने चर्कने र फुट्ने समस्या देखा पर्ने बताउनुभयो ।
उहाँले यसमा विभिन्न किसिमको रसायन मिसाएको हुदाँ त्यसलाई अनुहार सरिरको अन्य भागमा लगाउदा एलजी हुने बताउनुभयो । डा पोख्रेलले भन्नुभयो “ श्वासप्रश्वासमा पनि सिधैँ असर गर्दछ, झन् ठाडै आँखामा पर्नाले आँखा चिलाउने, पोल्ने र रातो हुने समस्या सँगसँगै अन्य गम्भीर समस्या देखा पर्छ” । उहाँले साना बालबालिकालाई सेनिटाइजरको प्रयोग गराउनुभन्दा साबुनपानीले हात धुने बानी बसाल्नु पर्ने बताउनुभयो । हानिकारक रसायन युक्त सेनिटाइजरले स–साना बालबालिका बढी प्रभावित हुने गर्दछन भन्दै उहाँले बजारमा बासनायुक्त सेनिटाइजर उपलब्ध हुनाले त झन् बालबालिकाले स्वादका लागि खाइदिन पनि सक्ने हुनाले निकै जोखिम निम्त्याउने बताउनुभयो ।
डा.पोख्रेलले साबुन पानीले हात धुनुलाई नै प्राथमिकता दिनुका साथसाथै सकेसम्म सेनिटाइजरको प्रयोग कम गर्नु नै फाइदाजनक देखिने बताउनुभयो । मानव शरिरमा फाइदाजनक र हानिकारक दुबै प्रकारका ब्याक्टेरिया हुने गर्दछ । स्यानिटाइजरको अधिकतम प्रयोगले हानिकारक ब्याक्टेरियाका साथसाथै शरीरलाई फाइदा पु¥याउने राम्रो ब्याक्टेरियालाई पनि मार्छ भन्दै उहाँले शरीरमा राम्रो ब्याक्टेरीया हुनु अति आवश्यक रहेको बताउनुभयो ।
उहाँले सेनिटाइजरको काम फोहोर हातलाई सफा गर्नु मात्र नभएको बताउर्दै उहाँले सेनिटाइजर प्रयोग गरेको २० सेकेन्डपछि मात्र कीटाणु मर्ने बताउनुभयो । साथै हात फोहोर भएको बेला सेनिटाइजर भन्दा साबुनपानीको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।








