चितवन । चितवनमा एकैदिन ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार चितवनका विभिन्न अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणको रिपोर्ट अनुसार थप ३ सय ९२ जनामा कोभिड १९ पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
पिसिआर विधिबाट ३ सय ८१ जना र एन्टिजेन विधिबाट ११ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्य ३ सय २० जना भरतपुर महानगरपालिकाको विभिन्न वडाका वासिन्दा रहेका छन् । त्यस्तै रत्ननगरको २९ , खैरहनीको ११ , राप्तीको १० , कालिकाको ६ जना र माडीको ५ जना रहेका छन् । समाबेसी खबर








