काठमाडौँ । इटालियन सिरी ए च्याम्पियन इन्टर मिलानले फराकिलो जित हात पारेको छ । गएराति भएको खेलमा मिलानले साम्पडोरियामाथि ५–१ को सानदार जित दर्ता गरेको हो ।
इन्टरको सानदार जितमा एलेक्सिस सान्चेजले दुई तथा रोबर्टो गाग्लिआरर्डिनी, एन्ड्रिया पिनामेन्टी र लोउटारो मार्टिनेजले समान एक गोल गरे । साम्पडोरियाका केइटा बाल्डेले एक गोल फर्काएका थिए । जितसँगै च्याम्पियन इन्टरले ३५ खेलबाट ८५ अंक जोडेको छ ।
पराजित साम्पडोरिया ४५ अंकसहित नवौं स्थानमा छ ।








