• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

दुग्ध किसानको दूध आधा मुल्यमा पनि बिक्दैन

  •   आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । दोस्रो लहरको कोरोना महामारीका कारण जारी निषेधाज्ञाको प्रत्यक्ष असर दुग्ध किसानमा परेको छ । निषेधाज्ञा शुरु भएदेखिनै दूधको विक्रीसँगै मूल्य पनि आधा घटाउनु परेको किसानले गुनासो गरेका छन् । निषेधाज्ञा अघिपनि उधारोमा दूध विक्री गर्दै आएका किसान निषेधाज्ञा लागू भएपछि दूध विक्री नहुँदा चिन्तामा परेका हुन् ।

    हाल कतिपय दुग्ध सहकारी तथा किसानहरुलाई झण्डै आधा मूल्यमा लगेर घर – घरमा दूध बेच्नु पर्ने बाध्यता आइलागेको छ । भरतपुरमा १६० ओटा गाईपालन गर्दै आएका किसान गोपी ढकाल निषेधाज्ञा भएका कारण दूध नै विक्री हुन नसकेको बताउँछन् । ‘मेरोमा दैनिक १ हजार १५० लिटर दूध उत्पादन हुन्छ’, उनले भने, ‘अहिले घर- घरमा गाडीमा राखेर डुलाउँदा पनि आधा फिर्ता हुन्छ ।’ खुद्रा मूल्यमा दूधको मूल्य प्रतिलिटर ९० रुपैयाँसम्म भएपनि हाल घरघरमा दूध पुर्‍याउँदा ५० रुपैयाँमा विक्री गर्नुपरेको उनको भनाइ छ ।

    औषत प्रतिलिटर किसानको लागत मूल्यनै ६० रुपैयाँ पर्दछ । जिल्लामा रहेका अधिकांश दूध डेरी,पसल पूर्णरुपमा नखुलेका र होटल, रेष्टुरेण्ट पनि बन्द भएका कारण दूधको खपत आधाभन्दा कम भएको हो । दूधको खपत नबढ्दा र उत्पादन भने उही अनुपातमा भएपछि किसानले नजिकका दुग्ध सहकारीमा लैजाने गरेपनि सहकारीले पनि दूध बिक्री गर्न सकेको छैनन् । जिल्लामा उत्पादन हुने दूध देशका मुख्य शहर काठमाडौं, पोखरा जाने गरेपनि हाल ती खरीदकर्ताले दूध लिन मानेका छैनन् ।

    भरतपुर महानगरपालिका – १६ वरमपुर दुग्ध प्रशोधन केन्द्रका सञ्चालक डिलाराम कंडेल दूधको माग र खपत नहुंँदा किसानको दूध बिक्री हुन नसकेको बताउँछन् । ‘पहिले दैनिक १ हजार ६०० लिटरसम्म दुध खरीदविक्री हुन्थ्यो अहिले आधा घटाउनु परेको छ’, उनले भने । जिल्लाको दुग्ध विकास संस्थानको दूध प्रशोधन केन्द्र तथा अन्य निजी डेरी फर्महरुले पनि निशेधाज्ञापछि दूध लिने छाडेका छन् । जसका कारण किसानले दूध उत्पादन भएपनि विक्री गर्न नसक्नुका साथै घरमै पनिर र घ्यू बनाउन प्रयोग गर्नु पर्ने बाध्यता छ । ती उत्पादनसमेत विक्री हुन्छ कि हुँदैन निश्चित छैन ।

    स्थानीय अधिकारी कृषि फर्मका किसान कुलानन्द अधिकारी उनको फर्ममाा दैनिक २०० लिटर दूध उत्पादन भएपनि दुग्ध विकास संस्थान र नीजि डेरी फर्मले दुध नलिँदा खेर जाने गरेको बताउँछन् । ‘हामीले चार महीनादेखिको भुक्तानी पनि पाएको छैन’, उनले भने, ‘अहिले उधारोमा लैजानुस भन्दा पनि लाँदैनन, आफ्नो फर्ममा उत्पादित दूध नजिकका पसलहरुमा विक्री गरेपनि बाँकी दूधको पनीर र घिउ बनाएको छु ।’ दूध विक्री नहुनु, बक्यौता नपाउनु र दानाको मूल्य अस्वभाविक रुपमा बढ्दा किसानहरु थप चिन्तामा समस्यामा परेका छन् ।

    दूधको उत्पादन र विक्री एवं लामो समयसम्म भण्डारण गर्न नसक्दा किसानहरु थप मर्कामा परेका हुन् । किसानका समस्याका विषयमा राज्यनै उदासिन हुँदा किसानले यस्तो समस्या भोग्नु परेको बताउँछन् चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगाले । ‘निशेधाज्ञामा एकत दूध विक्री भएको छैन, दानाको मूल्य एकसातामै बोरामा ३०० रुपैयाँ बढेको छ ’, उनले भने, ‘दूध उधारोमा पनि बिक्दैन, दाना उधारोमा पाईदैंन ।’

    देशको संक्रमणकालीन अवस्थामा राज्यले सहकार्य र समन्वय गरे आफूहरुले फाइदा विनानै उपभोक्ताको घरघरमा दूध पुर्‍याउन सक्ने उनले बताए । ‘राज्यले ५ रुर्पैयाँ प्रतिलिटर अनुदान देवस हामी प्रतिलिटर ४० रुपैयाँमै उपभोक्ताको घरमै पुरयाउँछौं’, वगालेले भने । एकातिर दूध विक्री भएको छैन भने अर्कातिर दानाको मूल्य भने बढ्दा लाखौं रुपैयाँ ऋणको ब्याज तिर्न नसक्ने अवस्थामा किसान पुगेका छन् । गतवर्ष देखिनै घाटा व्यहोर्दै आएका किसानहरु बैंकको ब्याज नियमित गर्न नसक्दा दोस्रो लहरको निषेधाज्ञापछि झन थला परेका छन् ।

    व्यवसायिक दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले भने ,‘दूध विक्री नहुँदा र दानाको मूल्य बढ्दा किसान बाँच्ने कि चौपाया बचाउने, हामी निकै चिन्तित र निराश छौं ।’ राज्यले किसानसँग समन्वय र सहकार्य गर्न नसक्दा हजारौं किसान विस्थापित हुने अवस्थामा पुगेको उनको भनाइ छ । जिल्लामा हाल दैनिक ३ लाख लिटर दूध उत्पादन हुँदै आइरहेको छ ।यसको ४० प्रतिशत हाराहारीमै जिल्लामा खपत हुन्छ भने बाँकी जिल्ला बाहिर जाने गरेको छ । यहाँ ११० ओटा दुग्ध सहकारी रहेका छन भने औषत ४० हजार जना किसानले दूध बेच्ने गर्दछन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.