• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

काभ्रेपलाञ्चोकमा निषेधाज्ञा एक हप्ता थप

  •   सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काभ्रेपलाञ्चोक । कोरोना भाइरस सङ्क्रमणको दर उच्चरूपमा बढिरहेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यसअघि गरिएको निषेधाज्ञालाई अर्को एक हप्ताका लागि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आइतबार सूचना जारी गर्दै कोभिड–१९ को सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी आइतबार राति १२ बजेदेखि आगामी जेठ २ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरिएको बताए। यसअघि वैशाख १९ गते राति १२ बजेदेखि एक हप्ताका लागि जारी गरिएको निषेधाज्ञा सङ्क्रमण दर बढ्न थालेपछि समय थप गर्नुपरेको उनले बताए ।

    निषेधाज्ञाको समयमा यसअघि निर्धारण गरिएको समयबाहेक कार्यालय सञ्चालनको हकमा थप कडाइ गरिएको छ । सो समयमा सरकारी कार्यालयले न्यूनतम कर्मचारी उपस्थित भएर सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने, बैंक तथा वित्तीय संस्थाहरुको हकमा राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा लघुवित्त कम्पनी र बिमा समितिबाट इजाजतप्राप्त बिमा कम्पनीहरुले माथिल्लो निकायको स्वीकृति लिई आलोपालो सेवा प्रणालीमा अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ ।

    निषेधित क्षेत्रमा सञ्चालित सहकारी संस्थाहरुले अत्यावश्यक कार्यका लागि बढीमा हप्ताको दुई दिन कार्यालय सञ्चालन गरी सेवा प्रदान गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । सो समयमा सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, विद्युत्, सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापनसम्बन्धी अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी सवारी साधनका हकमा कार्यालयले जारी गरेको परिचयपत्र र कार्यालयमा आउनुपर्ने पालो सूचीका आधारमा मात्रै आवतजावत गर्न पाउने प्रजिअ पोखरेलले बताए ।

    भक्तपुर र काभ्रेपलाञ्चोकको सिमाना अरनिको राजमार्गको साँगादेखि बनेपा बजार, धुलिखेल सरदमुकाम, पाँचखाल नगरपालिकाको बजार क्षेत्र हुँदै दोलालघाटसम्म सडकको दायाँबायाँ ५०० मिटर क्षेत्रमा निषेधाज्ञा गरिएको छ । त्यस्तै विपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ, भकुण्डे हुँदै मङ्गलटारसम्म सडकको दायाँ बायाँ २०० मिटर, बनेपा तीनदोबाटोदेखि नाला भगवती मन्दिरसम्मको सडक दायाँ बायाँ ५०० मिटर क्षेत्र, बनेपा–पनौती–खोपासी सडक खण्डको ५०० मिटर दायाँ बायाँ क्षेत्र र पाँचखाल नगरपालिकाको जिरोकिलोदेखि कुन्ताबेँसीसम्मको सडक दायाँ बायाँ क्षेत्रको २०० मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

    उता ग्वार्को–नमोबुद्ध सडक खण्डको मानेदोभान–कुशावेदी–सुनथान–शङ्खुपाटीचौर–नमोबुद्ध गुम्बा क्षेत्रको दायाँ बायाँ २०० मिटर, नगरकोट–कुन्ताबेँसी सडक दायाँ बायाँ २०० मिटर, पनौती–बाँसडोल–भैंसेपाटी सडक क्षेत्रको दायाँ बायाँ तथा नाला करुणामाई मन्दिरदेखि भक्तपुर सडकको भञ्ज्याङसम्मको सडक दायाँ बायाँ २०० मिटर क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निषेधाज्ञा जारी गरेको छ । जिल्लाभित्र प्रयोग हुने निर्माणका सामग्री ढुङ्गा, गिटी, बालुवा र अन्य निर्माण सामग्रीहरु ढुवानी गर्ने सवारी साधनहरु राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

    अत्यावश्यक सामग्री खाद्यान्न, डिपार्टमेन्टल स्टोरको ग्रोसरी मात्र सञ्चालन गर्ने समय बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि राति ७ बजेसम्म मात्रै निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्न पाउने भएको छ । अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री उत्पादन र बेचबिखन गर्ने उद्योग तथा पसललगायत अत्यावश्यक सेवासम्बन्धी व्यवसाय निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गरी सञ्चालन गर्न पाइने जनाएको छ ।

    यसैबीच बनेपा नगरपालिकाले नगर कार्यालयसहित सबै वडा कार्यालयबाट हुने सबैखाले सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । आइतबार नगरपालिकाले सूचना जारी गर्दै कोभिड–१९ व्यवस्थापनसम्बन्धी कार्य र फोहोरमैला व्यवस्थापनको काम मात्रै सञ्चालन हुने नगरका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले जानकारी दिए । आइतबारसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९९ जना रहेको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.