काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७ हजार ६२३ र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कुल सक्रतिमको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ ।
आइतबार ४ हजार ७ हजार निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ । आज कोरोनाबाट थप १३९ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको छ ।








