• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर अस्पतालमा शय्या थपेपछि स्वास्थ्य सामग्रीको अभाव

  •   बिहिबार, बैशाख ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर अस्पतालले कोभिड उपचारका लागि शय्या थप गरेपछि स्वास्थ्य सामग्रीको अभाव हुने भएको छ । अक्सिजन, मास्क, पिपिइलगायतका स्वास्थ्य सामग्रीको अभाव हुने भएको हो । अस्पतालले हालै शय्या र जनशक्ति थप गरेको छ । थप शय्याका लागि आवश्यक पर्ने सामग्री कमी हुने भएको हो ।

    अस्पतालले एक सूचना प्रकाशित गर्दै कोभिड सङ्क्रमितका लागि छुट्याइएको शय्या सङ्ख्याभन्दा बढी सङ्ख्यामा बिरामीको उपचार गर्नु परेकाले सामग्रीको कमी हुँदै गइरहेको जनाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीद्वारा जारी सूचनामा भनिएको छ, “बढी सङ्ख्यामा सङ्क्रमितको उपचार गर्नु परेको, आइसियू, एचडियु, भेन्टिलेटर एवं उच्च मात्राको अक्सिजन आवश्यक पर्ने बिरामीको सङ्ख्या अत्यधिक रहेकाले सङ्क्रमित बिरामीको उपचारमा प्रयोग गरिने सुरक्षा सामग्रीको मौज्दातमा समेत कमी हुँदै गइरहेको छ ।”

    विगतमा कोभिडका लागि छुट्याइएको शय्याका लागि एक महिनाको मौज्दात रहेको भए पनि शय्या थप गरेपछि त्यसले नधान्ने तिवारीले बताउनुभयो । उहाँले बोलपत्र प्रक्रियाबाट खरिद गर्दा पनि एक महिनाभन्दा बढी समय लाग्ने भएकाले सामग्री कमी हुने देखिएको बताउनुभयो । सामग्री अभाव हुँदै जाँदा सङ्क्रमितको उपचार व्यवस्थापन थप कठिन हुँदै गइरहेको अस्पतालले जनाएको छ ।

    हाल पिपिइ र मास्क दैनिक १०० थान आवश्यक परेको छ भने शय्या थप भएसँगै यो सङ्ख्या पनि बढेर जानेछ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले तत्कालका लागि सामग्री अभाव हुने भएपछि निजी क्षेत्रलाई सहयोगका लागि आह्वान गरिएको बताउनुभयो । उहाँले न्यून आए भएका सङ्क्रमितहरुको सहज उपचारका लागि सहयोग गरिदिन समेत आग्रह गर्नुभयो ।

    उहाँले भन्नुभयो, “कोरोनाको पहिलो लहरको समयमा झैँ अत्यावश्यक सामाग्री भरतपुर अस्पताललाई सहयोग गरिदिन म अपिल गर्दछु ।” अस्पतालमा धेरै भिडभाड हुँदा सङ्क्रमणको जोखिम बढी हुने भएकाले अति आवश्यक अवस्थामा मात्र अस्पताल आउनसमेत अनुरोध गरिएको छ । अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र जथाभावी हिँडडुल नगर्न पनि मेसु तिवारीले अनुरोध गर्नुभएको छ ।

    उहाँले सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा र स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञालाई पूर्णरूपमा पालना गर्न पनि अनुरोध गर्नुभएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.