गजल (म )
विरोधिलाई फकाई फकाई ढाल्छु म
चुल्ठे मुन्द्रेलाई फकाई फकाई पाल्छु म ।
कसैले मेरो र आफन्तको बिरोध गरेमा
जसरी पनि तिनलाई खाल्डोमा हाल्छु म ।
काम गर्दै जाँदा कतै कतै गल्ति भएमा
कमिसन लिई त्यसलाई सजिलै टाल्छु म ।
चुनाव आउँछ माग्छु चन्दा व्यापारिसंग
व्यापारी कै पक्षमा पाईलाहरू चाल्छु म ।








