देवघाट तनहुँ। विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरस संक्रमणको असहज परिस्थितीलाई न्यूनीकरण गर्नका लागि सामाजिक उत्तरदायित्वलाई मध्य नजर राख्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देवघाट कमिटिले २ लाख ६९ हजार ५५ रुपैयाँ देवघाट गाउँपालिकाको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार राहत कोषलाई आज हस्तान्तरण गरिएको छ। नेकपाका देवघाट गाउँपालिका कमिटिका अध्यक्ष भुवनसिंह गुरुङले आज मंगलबार गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापालाई सो रकम हस्तान्तरण गर्नुभएको थियोे । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण लकडाउनमा पिल्सिएका आर्थिक अवस्था कम्जोर भएका बिपन्न वर्ग तथा दैनिक ज्यालादारी मजदुरहरुलाई सहयोग गर्न सो रकम गाउँपालिकालाई उपलब्ध गराईएको नेकपा देवघाट गाउँपालिका कमिटिका सचिव केशवचन्द्र न्यौपानेले बताउनु भएको थियोे । सो रकम बुझ्दै देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले सबैको सहयोगले कोरोना भाइरसको जोखिमलाई परास्त गर्ने बताउनु भएको थियो । कोरोना भाईरस रोकथाम,नियन्त्रण तथा लकडाउनमा पिल्सिएका आर्थिक बिपन्न वर्ग तथा दैनिक ज्यालादारी मजदुरहरुको लागि राहत कोषमा रकम जम्मा गरि सहयोग पुर्याएकोमा नेकपाका देवघाट गाउँपालिका कमिटिलाई अध्यक्ष थापाले धन्यवाद समेत दिनुभएको थियो। साथै देवघाट गाउँलालिकाका उपाध्यक्ष बिमला थापामगरले देवघाट गाउँपालिका कार्यालयले कोरोना भाईरस(कोभिड–१९)बाट बाच्न जनचेतना मुलक सन्देश पनि प्रवाह गरिदै आईरहेको बताउनु भएको थियो। देवघाट गाउँपालिका कार्यालयले कोरोना भाईरस रोकथाम,नियन्त्रण तथा लकडाउनमा पिल्सिएका आर्थिक बिपन्न वर्ग तथा दैनिक ज्यालादारी मजदुरहरुको लागि सिद्धार्थ बैक देवघाट साखामा कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोष स्थापन गरिएको छ। सो राहत कोषको खाता नम्बर ग७.२.००८१५३८६२०७ मा इच्छुक सहयोगी महानुभावहरुले सहयोग गर्न सक्ने समेत देवघाट गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी बताउनु भएको थियो । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा देवघाट गाउँपालिका वडा न:४ का वडा अध्यक्ष पदम बहादुर गुरुङ, नेकपा तनहुँ जिल्ला सदस्य बाबुराम अधिकारी, देवघाट युवा संघका अध्यक्ष सुकु गुरुङ,देवघाट सामुदायिक सिकाई केन्द्रका अध्यक्ष जयकृष्ण सुवेदी,देवघाट नागरिक साहेता कक्षका होम बहादुर भाराती लगायतको उपस्थिती रहेको थियो








