मेरिल्याण्ड । विगत लामो समयदेखि विभाजित मनस्थितिमा रहेको मेरिल्याण्डको नेपाली समुदाय विचको बैमनस्यता यसपाली झन चर्केको छ । खास गरी नेपाली समुदायको पुरानो संगठन वाना र एनआरएन मेरिल्याण्ड साखा विचको अन्तर्द्वन्द्वको कारण समाज विभाजित रहिआएको छ । केही स्वघोषित समाजसेवीहरूको कारण भईरहेको यो विभाजन यसपाली देखि अझ विकराल हुने देखिएको छ ।
एनआरएन मेरिल्यान्ड साखाको निर्वाचनमा वानाका पूर्व सचिव ,एनआरएनए च्याटरका उपाध्यक्ष, तथा एक व्यवसायी राजु पराजुली आफ्नो समूह सहित चुनावि मैदानमा छन् । पराजुलीको टिमवाट अध्यक्षमा राजु पराजुली, उपाध्यक्षमा शुसिल पंगेनि र सचिवमा ज्ञानेन्द्र श्रेष्ठ छन् भने अर्को समुहको नेत्तृत्व गरेको एनआरएनए मेरिल्याण्डका च्याप्टर सचिव एवं अध्यक्ष पदका प्रत्यासी विष्णु वरालको टिमको उपाध्यक्षमा प्रेम सुवेदी र सचिव पदमा प्रविण खड्का छन् ।
पराजुलीलाई प्रवासी नेपाली मन्चका अध्यक्ष प्रभु थापाले बोकेका छन् भने बराललाई नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव सुभाष घिमिरेको आशीर्वाद प्राप्त छ । संस्थागत रूपमा एकातिर पराजुलीवाई वाना र प्रवासी मन्चले समर्थन गरेका छन् भने बराललाई नेपाली जनसम्पर्क समिति र एनआरएनए मेरिल्याण्ड च्याप्टरका संस्थापक, निवर्तमान र वर्तमान तीनै जना अध्यक्षको समर्थन प्राप्त छ ।









