नेकपाको स्थायी समिती बैठक फेरि स्थगित भएको छ । पछिल्लो दिन व्यापक मात्रामा कोरोना संक्रमित भेटिएका कारण आज (बुधबार) का लागि तय गरिएको बैठक स्थगित गरिएको छ।नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित गरेको बताए।‘कोभिद–१९ ले गर्दा अहिलेलाई बैठक स्थगित गरियो,’ उनले भने।








