गजल ( म के गरू सरू)
घर घरमा झुक्दै निहुरिएर आए म के गरू सरू रु
धम्काई धम्काई लुटि लुटि खाए म के गरू सरू रु
घोषणा गरे चुनाव यिनले जसरि नि जित्छौ भनि
देश बनाउँछु भनि राम्रैसंग धाए म के गरू सरू रु
कस्तो गुट बनाका रहेछन् यहाँ अन्धभक्तहरूको
आफ्नो नेताको मात्रै गुणगान गाए म के गरू सरू रु
सत्य बोल्ने विरोधिलाई डर धाक देखाई देखाई
सर्वसाधरण माथि एक छत्र छाए म के गरू सरू रु
चुल्ठे मुन्द्रे, भिजिलान्तेहरू नेताको गुणगान गाउँदै
देशका मुखियाहरूसंग मितेरि लाए म के गरू सरू रु
भरतपुर-११, चितवन








