काठमाडौं । पछिल्ला २४ घण्टामा नेपालमा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १९३५७ र एन्टिजेन विधिबाट ७४८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् ।
शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ । यस्तै, आज थप ८ हजार ८४८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ । आज संक्रमणबाट थप १२९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ६ हजार १५३ पुगेको छ ।









