चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आफूखुशी आर्थिक संकलन नगर्न सूचित गरेको छ । कार्यालय आज आईतबार एक सूचना प्रकाशित गरी कोभिडका सन्दर्भमा आफूखुशी आर्थिक संकलन नगर्न भनेको हो ।
कार्यालयद्वारा जारी सूचनामा भनिएको छ “कतिपय संघ/संस्थाहरुले आफूखुशी कोषहरु स्थापना गरी आर्थिक संकलन गरेको गुनासोहरु प्राप्त हुन आएकोले कोभिड १९ को रोकथाम एवं नियन्त्रणका लागि कसैले स्वेच्छिक रुपमा रकम जम्मा गर्न चाहेमा एकद्वार प्रणालीमा रही गर्नु ।
” सूचनामा एकद्वार प्रणाली अन्तर्गत रही वाणिज्य बैंक सिंहदरबार परिसर शाखामा रहेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नं. १९६०००००११०१ मा रकम जम्मा गर्न सकिने उल्लेख छ ।
जिल्लामा कोभिड १९ को संक्रमण दर र अस्पतताल भर्ना हुने दर समेत अत्याधिक बढिरहेको स्मरण गराउँदै सूचनामा आफूखुशी कोष स्थापना र आर्थिक संकलन नगर्न भनेको हो ।









