मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको ८ औं अधिवेशन बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख प्रसाईँले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम जेठ १६ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख प्रसाईंले बैठक आह्वान गरेका हुन् । मुख्यमन्त्री डोरमणि पौडेलको सिफारिसमा प्रदेशको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको बागमती प्रदेश प्रमुखको कार्यालय हेटौँडाले जनाएको छ ।
बागमती प्रदेशसभाको ७ औं अधिवेशन बैठक गत बैशाख ९ गते अन्त्य गरिएको थियो ।








