काठमाडौँ । युभेन्टस अर्को सिजनको यूईएफए च्याम्पियन्स लिगका लागि छनोट भएको छ । गएराति भएको अन्तिम खेलमा बोलोग्नालाई ४-१ले पराजित गर्दै युभेन्ट्सले लिगको शिर्ष चारमा स्थान पक्का गरेको हो । खेलको छैटौं मिनेटमा फेडेरिको किएजाको गोलमा युभेन्टसले अग्रता लिएको थियो । २९ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे ।
पहिलो हाफको अन्तिम मिनेटमा एड्रिएन राबीओटले गोल गर्दै खेललाई फराकिलो जिततर्फ धकेले । ४७औँ मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै ४-० को अग्रता दिलाए । त्यसपछि ८५ औं मिनेटमा रिकार्डो ओर्सोलिनीले गोल गरेपनि युभेन्टस ४-१ले विजयी बन्यो । योसँगै युभेन्ट्सले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ ।
अंक तालिकामा च्याम्पियन इन्टर मिलानले ३८ खेलमा ९१ अंक जोड्यो । दोस्रो स्थानको एसी मिलानले जोड्दा तेस्रो स्थानको एटलान्टा र चौथो स्थानको युभेन्टसको समान ७८ अंक छ ।








