चितवन । चालु आर्थिक बर्ष ०७७, ०७८ को बैशाख महिनाको अवधिमा यातायात व्यवस्था सेवा कार्यालय, चितवनले ५२ करोड भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालय दिएको तथ्यांक अनुसार असार देखि बैशाख मसान्त सम्म १० महिनाको अवधिमा ५२ करोड २९ लाख ७५ हजार ३८७ रुपैयांँ राजश्व संकलन गरेको हो ।
कार्यालयले यातायात क्षेत्रको आम्दानी,प्रशासनिक दण्ड जरीवाना,सवारीसाधन कर, सवारी दस्तुर शिर्षकबाट कर संकलन गर्दै आएको छ । जस अनुसार दश महिनाको अवधिमा सबै भन्दा बढी सवारी साधन कर शिर्षकबाट ४६ करोड ३ लाख २८ हजार ५४६ रुपैयांँ राजश्व संकलन गरेको छ भने सो अवधिमा सबै भन्दा कम प्रशासनिक दण्ड जरीवानाबाट ४ लाख १८ हजार ९७२ रुपैयांँ राजश्व संकलन गरेको छ । यस्तै कार्यालयले यातायात क्षेत्रको आम्दानी शिर्षकबाट ४ करोड ४७ लाख २ हजार ३६२ रुपैयांँ र सवारी दस्तुर करबाट १ करोड ७५ लाख २५ हजार ५०१ रुपैयांँ राजश्व संकलन भएको जानकारी दिएको छ ।
कार्यालयका प्रमुख सुवास उप्रेतीले कार्यालयको राजश्वको मुख्य श्रोत बार्षिक सवारीसाधन कर भएकोले यस शिर्षकमा बढी कर राजश्व संकलन हुने बताए । ‘सवारीसाधन धनीले हरेक बर्ष अनिवार्य तिर्नुपर्ने र नवीकरण गर्ने शिर्षक नै यही हो, उनले भने, प्रशासनिक दण्ड जरीवाना कर ट्राफिक कार्यालयबाट पनि रिफर भई आएको जरीवाना कर हो ।’
चैत्रमा सबैभन्दा बढी बैशाखमा कम
कार्यालयले यो १० महिनाको अवधिमा सबैभन्दा बढी चैत्र महिनामा बढी राजश्व संकलन गरेको छ भने बैशाख महिनामा सबैभन्दा कम राजश्व संकलन गरेको छ ।
कार्यालयका अनुसारचैत्र महिनामा कार्यालयले ७ करोड ५० लाख १४ हजार ६सय ३१ रुपैयांँ संकलन गरेको थियो भने बैशाख महिनामा १ करोड ७५ लाख २५ हजार ५०१ रुपैयांँ राजश्व संकलन गरेको छ । कार्यालयका प्रमुख उप्रेतीले जरीवाना लाग्ने अन्तिम म्याद चैत्र महिना भएकोले अक्सर सबैभन्दा बढी राजश्व संकलन हुने गरेको बताए । ‘चैत्र महिना जरीवाना लाग्ने अन्तिम म्याद भएकोले सेवाग्राहीको चाप बढ्छ, उनले भने, बैशाखमा आधा महिना त निशेधाज्ञानै भयो ।’
यस्तै कार्यालयले श्रावण महिनामा ६ करोड १७ लाख २४ हजार ७१६ रुपैयांँ,भदौ महिनामा२ करोड २४ लाख ४ हजार ७७ रुपैया, असोजमा ७ करोड १३ लाख ३९ हजार ४९२ रुपैयाा कात्तिक महिनामा ५ करोड ९८ लाख ३३ हजार ५९३ रुपैयांँ संकलन गरेको छ । यस्तै मंसीर महिनामा ६ करोड ३१ लाख २० हजार ८९० रुपैयांँ,पुष महिनामा ६ करोड २२ लाख ४ हजार ६६८ रुपैयांँ ,माघ महिनामा ४ करोड ८५ लाख ५१ हजार १सय ७२ र फागुन महिनामा ४ करोड १८ लाख ७२ हजार ८६३ रुपैयांँ संकलन गरेको छ ।प्रमुख उप्रेतीले कार्यालयले हालसम्मको संकलनमा बार्षिक राजश्व संकलन लक्ष्य भन्दा बढी गरिसकेको र असार महिना देखि निशेधाज्ञा खुकुलो भए ६० करोड सम्म राजश्व संकलन गर्ने अपेक्षा रहेको बताए ।








