काठमाडौँ । पश्चिमी अफ्रिकी मुलुक मालीमा सेनाले अन्तरिम सरकारका राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएको छ। राजधानी बामाको नजिकैको काटी सैनिक क्याम्पका सैनिकले राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने र रक्षामन्त्री सोउलेमेन डोउकोरेलाई नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
सरकार पुनर्गठन हुँदा सेनाका दुई उच्च अधिकारीहरूको पद फेरिएको केही घन्टामै सेनाले उनीहरूलाई नियन्त्रण लिएको हो । ९ महिना अघि कू गर्दै तत्कालिन सरकारलाई अपदस्त गरेको सेनाले फेरि सत्ता आफ्नो नियन्त्रणमा लिएको हो।
उक्त कदमको मालीस्थित संयुक्त राष्ट्र संघीय मिसन र अन्य अन्तर्राष्ट्रिय समुदायले घोर भत्र्सना गर्दै नियन्त्रणमा लिइएका राष्ट्रपति र प्रधानमन्त्रीलगायतलाई तत्काल रिहाइको माग गरेको छ ।








