काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बसिरहेको छ । सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने सम्बन्धमा बैठकमा छलफल जारी छ । बुधबार बिहान साढे नौ बजेबाट शुरु भएको बैठकमा २० जना सासंद सहभागी छन् ।
बैठकमा ओली पक्षका सांसदहरू रतन थापा, ग्याल्बु बोहरा र लीलाधर भट्ट र झलनाथ खनाल माधव नेपाल पक्षकी सांसद चुनकुमारी चौधरी अनुपस्थित छिन् । नेकपा माओवादी केन्द्रको प्रदेश सरकारबाट सोमबार एमालेको स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।
तर, उक्त विषयमा खनाल नेपाल पक्षमा एक मत हुन नसकेपछि मंगलबार दुई पटकसम्म स्थगित भएको थियो । संसदीय दलमा बहुमत रहेको झलनाथ खनाल माधव नेपाल पक्ष सरकारबाट समर्थन फिर्ता लिने मुडमा देखिएको छैन ।








