• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

उपत्यकामा ‘लकडाउनको समयमा जिल्ला वा विदेशबाट फर्किएर आएका व्यक्तिहरुलाई प्रवेश निशेष

  •   बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । ललिपपुर महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हिटलर शाक्यले बिहीबार एउटा सूचना निकालेका छन्, ‘लकडाउनको समयमा जिल्ला वा विदेशबाट फर्किएर आएका व्यक्तिहरुलाई प्रवेश निशेष गरिएको छ ।’

    साथै उनले घरधनीहरुलाई घर गएका भाडामा बस्नेहरु आफ्नो घरमा प्रवेश नदिने जानकारी गराउन भनेको छ । यदि कसैले सूचना लुकाए घर नै सिल गर्ने र क्वारेन्टाइनमा लाग्ने खर्च आफैंले व्यहोर्नुपर्ने चेतावनीसमेत सूचनामा दिइएको छ ।जबकी सरकारले वैशाख २६ बाट लकडाउनको मोडल फेर्दै उद्योगधन्दा, बैंकहरु खोल्न अनुमति दिएको छ । अनुमति पाएका व्यवसाय सञ्चालन भएका छन् भने निर्माणका कामहरु पनि पुनः सुरु भएको छ । यससँगै लकडाउनको समयमा उपत्यका छाडेर गएकाहरु काम गर्न उपत्यका फर्किन थालेका छन् ।

    कतिपयले आफ्ना कर्मचारी आफैं ल्याएका छन् त, कतिपय तरकारी, खाद्यान्य, दुध जस्ता अत्यावश्यकीय वस्तु ढुवानी गर्ने गाडी चढेर आएका छन् । तर, यसरी आएकाहरुलाई घरमा प्रवेश नदिन वडा कार्यालयहरुले भने उर्दी जारी गरेको छ । किन त ? ललितपुर ६ का वडाध्यक्ष शाक्यले  भने, ‘लकडाउनका बेला गाउँ गएकाहरु घरधनीलाई थाहा नदिएर आउन थाले । यसरी आउँदा अरुले असुरक्षित महसुस गर्न थाले ।’

    उपत्यका बाहिरबाट आएकाहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गराउने प्रयास पनि नभएको होइन । तर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका उनीहरुलाई कुनै लक्षण देखिएको छैन भनेर फर्काइने गरेको छ ।र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरटीडी)बाट परीक्षण गर्न उपत्यका प्रवेश गरेको १४ दिन पर्खिनुपर्ने हुन्छ । त्यसैले घरधनीलाई जिम्मेवार बनाउनुको विकल्प नभएकाले यस्तो चेतावनीपूर्ण सूचना जारी गर्नुको परेको वडाध्यक्ष शाक्यले बताए ।

    शाक्य मात्र होइन, ललितपुर ९ का वडाध्यक्ष राजु महर्जन पनि अहिले यस्तै समस्याले हैरान भएका छन् । ‘लकडाउनका क्रममा बाहिर गएका कोही आयो कि स्थानीय युवाहरु विरोधमा जम्मा भइहाल्छन् र हामीलाई बोलाउँछन्’ महानगरका प्रवक्तासमेत रहेका महर्जनले  भने, ‘जहाँबाट आएका हुन्, उतै फर्काउनुपर्छ । नभए हामी कसरी सुरक्षित रह्यौं भन्छन् । स्थानीयबासीले मान्दै नमानेपछि मैले त १०÷१२ जनालाई फर्काएँ पनि ।’

    उनले पनि उपत्यका बाहिरबाट आएकाहरुलाई परीक्षण गर्न पठाउने प्रयास पनि गरेका थिए । तर टेकु अस्पताल पुगेकाहरुलाई केही भएको छैन भनेर फर्काइने गरेको छ ।त्यसैले स्थानीय जनप्रतिनिधिहरु समस्यामा रहेको भन्दै वडाध्यक्ष महर्जन भन्छन्, ‘यति गाह्रो त हिजो बिहान–बेलुकी खाना खुवाउँदा पनि भएको थिएन ।’काठमाडौं महानगरपालिका वडा नम्बर १० ले पनि बाहिरबाट कोही आएको भए खबर गर्न माइकिङ गर्ने गरेको छ । पछिल्लो समय मानिसहरु फर्किन थाल्दा असुरक्षा बढेकाले यसो गर्नु परेको वडाध्यक्ष रामकुमार केसी बताउँछन् । उनले भने, ‘हाम्रो आग्रह अहिले सकेसम्म नआउनुस् भन्ने नै हो । यदि कोही आइसक्नु भएको छ भने पनि परीक्षण गराउनुस् भनेका छौं ।’

    उनकाअनुसार उपत्यकाबाहिरबाट आएकाहरुलाई वडाले पत्र लेखेर नै परीक्षणका लागि टेकु पठाउने गरेको छ । सुरुमा केहीलाई परीक्षण गरे पनि केहीको भएन । आफूहरुले एम्बुलेन्समा हालेर पठाउने तर टेकुमा चेक नगर्ने गरेको विषयमा महानगरसँग कुराकानी गरेपछि अब भने वडाले लिखित पत्रसहित पठाएकाहरुको परीक्षण हुने वडाध्यक्ष केसीले जानकारी दिएका छन् ।

    काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलकाअनुसार उनलाई पनि ‘फलाना आयो, फलाना आयो’ भनेर दैनिक २०० बढी फोन आउँछ । ‘पहिला हामीले यहीँ बस्नुस् । राहत दिन्छौं भन्दा घर जाने वातारवरण बनाउनुप¥यो भन्नुभयो, कतिपय हिँडेरै पनि जानुभयो’ काठमाडौं महानगरका प्रवक्ता समेत रहेका महर्जन भन्छन्, ‘अहिले सरकारले उद्योगधन्दा खोल्ने, निर्माणका काम गर्न दिने भन्दा उपत्यकाभित्र काम गर्न पाइने भयो भनेर धेरै मान्छे आएका छन् । यसले ठूलो समस्या सिर्जना गरेको छ ।’एकैदिनमा ठूलो संख्यामा मानिसहरु आउन थालेकाले अब उपत्यका प्रवेशमा पूर्ण रुपमा रोक लगाउनुको विकल्प नभएको प्रवक्ता डंगोलले सुनाए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.