काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६९५१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६८५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । यस्तै, आज थप ९ हजार ८४१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ । आज संक्रमणबाट थप ९६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ७ हजार ४७ पुगेको छ ।









